लुम्बिनीमा तीन दिने उदघोषक तालिम कार्यक्रम सम्पन्न ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं१ खुनगाई अन्तर्गत १ नं . वडा कार्यालय भवनमा तीन दिने उदघोषक तालिम कार्यक्रम सम्पन्न भएको छ।
तालिम बैशाख २० गते देखी २२ गते दिन शनिबार कार्यक्रम समापन भएको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका १ नम्बर वडा कार्यालय को सहयोग तथा लुम्बिनी हेल्प फाउण्डेशन नेपाल को आयोजनामा तीन दिने उदघोषक तालिम कार्यक्रम सम्पन्न भएको हो।
तालिममा पुरुष तथा वडामा रहे का स्वयम् सेविका लगायत ३० जना को सहभागिता थियो । कार्यक्रममा उपस्थिती सम्पूर्ण प्रशिक्षार्थी हरु को मनोबल बढाउन का लागि बैग तथा प्रमाण पत्र प्रदान गरि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महिला ले तालिम बाट आफुहरुमा भएको क्षमता पहचान गर्न सकेको बताए । उनीहरुले यस्ता तालिम स्टेजमा बोल्न नसक्नेका लागि प्रभावकारी हुने बताए ।
कार्यक्रममा उपस्थिति लुम्बिनी हेल्प फाउण्डेशन नेपाल का अध्यक्ष मनोज मिश्रा ,लुम्बिनी साँस्कृतिक नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख अतिथी फणीन्द्र कुमार पाल , रोटीन अफ लुम्बिनी बन्द का संस्थापक / कार्यक्रम प्रशिक्षक राजेश कहार ,
कार्यक्रम प्रशिक्षक लुम्बिनी ताजा खबरका निर्देशक राजन मिश्रा , कार्यक्रम संचालक शिवराम चौधरी , विशिष्ट अतिथि वडा सदस्य मिना बारी ,विशिष्ट अतिथि वडा सदस्य विनय कुमार श्रीवास्तव, अतिथि लुम्बिनी ताजा खबर का सह सम्पादक अनिल पटेल लगायत उपस्थिति सम्पूर्ण तालिम लिन आउनुहुने दिदीबहिनी तथा दाजुभाई हरुको उपस्थिति रहेको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख अतिथी फणीन्द्र कुमार पाल कार्यक्रममा बोल्दै उदघोषक तालिम कार्यक्रम मा तालिम प्राप्त गरि जिवनमा धेरै उपयोगी हुनेछ। यस तालिम बाट सिखेर कम से कम डर , लाज, खत्म गरि निडर भई जुनसुकै कार्यक्रममा कमतिम आफ्नो परिचय राम्रो संग भन्न सकिन्छ । आशा छ तीन दिने उदघोषक तालिममा हजुर हरु धेरै सिख्नु भएहोला ।
तालिम समापन गर्दै लुम्बिनी हेल्प फाउण्डेशन नेपाल का अध्यक्ष मनोज मिश्राले तलिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिए। तालिममा निकै परिवर्तन आएको आफुले पाएको भन्दै उनले सक्षम बनाएर अघि बढाउन तालिम संचालन गरिएको बताए।
प्रतिकृया दिनुहोस्