December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

स्थानीय जनप्रतिनिधिहरुको मनोमानी र सत्ता शासनको दुरुपयोग !

राजकुमार चमार, भदौ २३, कपिलवस्तु ।

Advertisement

जिल्लाको शुद्धोधन गाउपालिका-लबनीका जनप्रतिनिधिहरुले स्थानीय सत्ता र शासनको दुरुपयोग गर्दै आएका छन ।

जनप्रतिनिधिहरुले स्वयम् आफै/आफ्नै घर वा आसेपासेलाइ योजनाको उपभोक्ता समितिको अध्यक्ष बनाइ दुई वा दुई भन्दा बढी योजना चलाउदै आएको र बिज्ञापन नगरे पनि कार्यपालिका तथा वडा समितिको को सिफारिसमा करार पदको कर्मचारी (शिक्षा, स्वास्थ, कार्यालय सहयोगी) र सवारी चालक राख्दै आएको छ। आ.ब. वर्षमा गाउपालिकाले एम्बुलेन्स (संख्या ४), जेसिबी (संख्या १), ट्रयकटर (संख्या १) र स्कारपियो (संख्या १) गरि ७ वटा चारपाङ्रे ल्याएको छ । जेसिबी र ट्रयकटरको चालक पालिका अध्यक्ष को सिफारिसमा, स्कारपियो चालक पालिका उपाध्यक्षको सिफारिसमा तथा वडा नं. १,२,४,५ का वडा अध्यक्षहरुको सिफारिसमा ४ वटा एम्बुलेन्सको चालक नियुक्ति गरिएको छ।

 

“चालक अनुमतिपत्र र अनुभवपत्र भएका युवाहरूलाई खुला प्रतिस्पर्धा को अवसर नदिएको राजनीतिक कार्यकर्ता पाल्ने जनप्रतिनिधिहरुले आयोग्य अर्थात एम्बुलेन्स चालकअनुमति पत्र र अनुभवपत्र नभएको साधारन चारपाङ्रे चलाउन जान्नेलाइ सिफारिस गरि नियुक्ति गरेका छन।

हामीले कार्यपालिका बैठकको निर्णय माग गर्दा, निर्णयहरु अधुरो भएकोले अहिले दिन सकिन्न भनेर पालिकाको प्रमुख प्रशासकीय अधिकृत ले जानकारी दिनुभयो ।

यस सम्बन्धित जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा लिखित निवेदन बुझाइएको छ यदि यस्तो स्थानीय सरकारको मनोमानी र अनियमितता सुधार गरिएन भने हामी युवा तथा समाजसेवीहरुले जनस्तरबाट कार्यवाही प्रक्रिया सभ्य र भब्य रुपले बढाउने छौं ।” भनी जनकल्याण युवा क्लबले जानकारी दिएको छ ।

पालिका अध्यक्ष निशार अहम्मद खाँ ले मापदण्ड बनाएर चालक अनुमती पत्र भएका विश्वासिला डाईभरहरु मात्र नियुक्त गरेको बताए । उनले भने सिडियो कार्यालयमा डाईभरहरु भर्ति गर्दा मापदण्ड हुनु नपर्ने हामीलाई मापदण्ड यो कहाँको नियम हो? प्रश्न पनि गरेका छन्।

“यता क्लबले भने पालिका अध्यक्षको प्रश्न गरे, पालिकाले मापदण्ड (चालक अनुमतिपत्र, अनुभवपत्र, भौतिक रुपले ट्रायल, लिखत एवम् मौखिक परिछा)कुन मितिमा गरेको थियो ? भन्नको लागि मात्रै लोकतन्त्र रहेको छ तर ब्यवस्था राणा शासन भन्दा कम छैन, यदि स्थानीय सरकारले राम्रो नै गरेको छ भने हाम्रो खुला नागरिक मन्च स्विकार्दै जवाफदेही बन्नुहोस र कार्यक्रमको खर्च ब्यवस्थापन हामीले ब्यहोर्नेछौ भन्ने जनकल्याण युवा क्लबले प्रतिबद्धता जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0