September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

अविरल वर्षका कारण कपिलवस्तुको कृषकहरुको धानबालीमा ठूलो क्षति, कृषक चिन्तित !!

१ कार्तिक, कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तुमा गए राति देखि परेको अविरल वर्षाका कारण कृषकहरुको धानबाली र आलु खेती नष्ट भएको छ। धानबाली पाकेर घर भित्र्याउने क्रममा रहेका किसानहरुलाई एक्कासी ठूलो क्षति परेको छ।

 

आईतबार राति देखि देशभरका अधिकांस भुभागमा ठूलो मात्रामा वर्षा भइरहेको छ। मानो रोपेर मुरी फलाउने कृषकहरुलाई प्रकृतिले ठूलै चोट दिएको भन्छन् कपिलवस्तुका कृषक श्री राम धोबी

 

दसैं आउनासाथ खेतबारीमा धान पाकेर पहेंलै देखिन्छ। कति ठाउँमा भने केही मात्रामा किसानले धान भित्र्याई सकेका छन् भने धेरैले धान काट्ने तरखर गरिएका छन्। कतिपय ठाउँमा आलुखेती गरिसकेको थिए । तर एक्कासी आएको वर्षाले बाली भित्र्याउने किसानको सपनालाई अधुरो पारेको छ।

एक वर्ष सम्म संचित गरि खाने अन्न नै खेतैमा सड्ने भएपछि चिन्तित हुँदै अब के गर्ने न रोएर हुने न खेतमा गएर धान काट्न सकिने भन्दै शुद्धोधन गाउपालिका वडा नम्बर ३ हरदेवा का कृषक नसारुदिन नाउँ ले जानकारी दिए।

 

कति किसानले त दसैं सकिनासाथ धान काटिसकेका छन्, तर उठाउन समेत नपाई वर्षाले खेतमै छाड्न बाध्य छन्। अहिले कपिलवस्तुमा विभिन्न जिल्लामा पाकेको धानलाई खेतमै किसानले छाड्न बाध्य भएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0