October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

लुम्बिनी बसपार्कका १२ वटा पसलमा आगलागी पूर्णरुपमा क्षति

पुस २, लुम्बिनी, रुपन्देही।
लुम्बिनीका साना पसलहरुमा आगलागी भएकले लुम्बिनी बसपार्कका १२ वटा पसलमा पूर्ण रुपमा क्षति पुगेको छ ।
राती १ बजेदेखि आगलागि सुरु भएपछि स्थानीय तथा व्यवसायीले इलाका प्रहरी कार्यालय तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा जानकारी गराए पनि नगरपालिकाको दमकल समयमा पुग्न नसकेको स्थानीयको भनाइ छ ।

Advertisement

आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको स्थानीय व्यवसायी बताउँछन् ।
व्यवसायी पिन्टु वनियाले स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको बताए । ‘दमकल समयमा नआउँदा धेरै क्षति भएको बताए । दमकल समयमा आएको भए यति धेरै क्षति हुनेथिएन’ उनले भने । नगरपालिका, स्थानीय, लुम्बिनी विकास कोषले के गर्न सक्छ, छिटो राहत उपलब्ध गराउनुपर्छ, उनले भने ।
आगलागी पछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि आगो नियन्त्रणमा लागि ढिला भएको भन्दै स्थानीय आक्रोशित छन । लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा दमकलका लागि फोन गरिएको थियो । भैरहवाबाट दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको ब्यवसायीहरुले बताए हुन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0