December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी अन्तरक्रिया

साउन ५, तौलिहवा, कपिलवस्तु।

Advertisement

कपिलवस्तुको सदरमुकाम तौलिहवामा राष्ट्रिय दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

बुद्धभुमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठको अध्यक्षता, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा प्रमुख अतिथियता र पूर्व राष्ट्रिय सभा सदस्य राम लखन हरिजनको विशिष्ट अतिथि तामा कार्यक्रम भएको छ ।

राष्ट्रिय दलित आयोगले दलितहरूको थर सूचीकृत गरेको छ तर केही थरहरी छुटेको हुनले नेपाल सरकारबाट प्राप्त गर्ने सेवा सुविधा बाट दलितहरूले नै वञ्चित रहेको पाइन्छ अनि कतिपय त गैर दलितले दलितको सेवा सुविधा नेपाल सरकार बाट लिइएको पाइन्छ ।यस्तो समस्यालाई समाधान गर्न को लागि राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकृत कार्यक्रम पूरा नेपाल भरी नै गरिरहेको छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले भन्नु भयो कि राज्यको हरेक निकायमा दलितको सहभागिता गराउन को लागि काम गरिरहेको छ । युवा पुस्ताले खास गरेर धेरै दलितहरूले नेपाल सरकारबाट दिने सेवा सुविधा प्राप्त गर्न नसकिरहेको यसलाई अब सुधार गर्नु पर्छ । दलितको आर्थिक अवस्थालाई परिवर्तन गर्न प्रयास गरिरहेको छु ।

नेपाल सरकारले दलित कुनै न कुनै रूपमा पीडा दिइरहेको पाइन्छ । अध्यक्ष विश्वकर्माले भने दलित बाट हामी मान्छे बन्न चाहान्छाै । दलित जनप्रतिनिधिहरूलाई एउटा सक्रिय अभियानताका रूपमा स्थापित गर्नको लागि कार्यक्रम छिटो नै ल्यादैछाै । त्यतै कपिलवस्तु जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्रले भन्नू भयो कि मधेसी दलित र पहाडी दलित भित्र धेरै फरक रहेको छ । पहाडी दलितहरू मधेसी दलितहरू बाट सेवा सुविधा प्राप्त गर्न अगाडि रहेको पाइन्छ । संविधानमा लेखिएको अधिकारी दलितहरूले प्राप्त गर्नु पर्छ । दलितलाई कसैले कुनै प्रकार को छुवाछूत, भेदभाव जस्तो व्यवहार गरेको खण्ड कानुनी बमोजिम कारबाही हुन्छ ।

कार्यक्रम कपिलवस्तु जिल्ला समन्वय समितिको आयोजना र दलित सामाजिक विकास केन्द्र को सह- आयोजना मा दलित समुदायको थर सूचीकृत सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा कपिलवस्तु जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र, कपिलवस्तु नगरपालिका कि उपप्रमुख सुनिता गुप्ता, विजयनगर गाउँपालिका कि उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, यशाेधरा गाउँपालिका कि उपप्रमुख गुन्जादेवी माैर्या, बाणगंगा नगरपालिका कि उपप्रमुख रीता कुमारी चाैधरी लगायत सचेत दलितहरूको सहभागिता रहेको रामशरण रैदासले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0