लियो क्लब र लायन्स क्लबको आयोजनामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
इमरान हुसेन, साउन- ७, कपिलवस्तु ।
लियो/लायन्स क्लब अफ कपिलवस्तुको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु र भैरव चश्मा पसलको सहजीकरणमा ट्राफिक जनचेतन तथा निशुल्क आखा परीक्षण सम्पन्न गरिएको छ !
लियो क्लब अफ कपिलवस्तु वर्ष २२/२३का अध्यक्ष सागर बन्जाडे ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १६५ ओटा सवारी साधनमा “म जिम्मेवार चालक” सहितको स्टिकर टासी ५० बडी सवारी चालकको आखा परीक्षण गरेको संस्थाका सचिव दीपक आचार्यले जानकारी गराउनु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.नी दल राम टमाटाको प्रमुख आथित्यता, लियो डिस्ट्रिक काउन्सिल ३२५ पी नेपालका रीजन ३ का रीजन चिफ पाण्डव भण्डारी, लायन्स क्लब इंटर्नैशनल ३२५ पी नेपाल रीजन १४ रीजन चेयरपर्सन सुरेन्द्र घिमिरे, लियो एडवाईजर तथा भैरव चश्मा पसलका संचालक सन्दीप भट्टरईको संयुक्त बिशिषट आथित्यता मा सम्पन्न कार्यक्रममा अतिथी लायन्स क्लब अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष ओम प्रकास घिमिरे, लायन्स क्लब अफ कपिलवस्तुका सचिव शान्त राज गैरे, लायन्स क्लब अफ कपिलवस्तुका कोषाध्यक्ष दामोदर पन्थी, डिरेक्टर मोहन आर्याल, ट्राफिक श्री हरी बहादुर जि सी, समाजसेबि दीपक कुंवर लगायत को अतिथ्यता रहेको कार्यक्रममा आफ्नो भनाई राखदै प्रमुख अतिथि दल राम टमाटाले ट्राफिक नियम आम नागरिकले पलाना गर्नुपर्ने जानकारी गराउदै, ट्राफिक प्रहरीले सर्वसाधारण लाई दुःख दिन नभई ट्राफिक सचेतनाका लागी सवारी साधन परीक्षण गर्ने र उक्त बेला सहयोग गर्नुहुन आग्रह समेत गर्नु भएको छ ।
लियो लायन्सले यस्ता अन्य कार्यक्रम पनी संचालन गर्दा ट्राफिक प्रभारी बाट हरेक समय सहयोग रहने कुराको प्रतिबद्दता जनाउनु भएको छ! संस्थाका अध्यक्ष सागर बन्जाडेले उक्त कार्यक्रममा जनता र ट्राफिक प्रहरी बीच पारसपारिक सम्बन्ध रहेको र समाजका हरेक गतिविधीमा लियो सधैव अघी बड्ने कुरा जनाऊदै सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भयों!
लियो क्लब अफ कपिलवस्तुका सचिव दीपक आचार्यको संचालन, कार्यक्रम संयोजक मधु सुधन गन्धर्वको स्वागत मंतव्य रहेको उक्त कार्यक्रममा कपिलदेव भट्टरई, प्रवीण गौतम,मनीष घिमिरे,हरी प्रसाद अधिकारी, हरी प्रसाद गैरे,लक्ष्मी पोखरेल, बन्दना आचार्य, स्वस्तिका गौतम,सन्तोष पाण्डे, माधव गैरे, मनीष खत्री, नवीन भट्टरई, विनोद पौडेल, श्रीधर पन्थ, आशिष भट्टरई, सूरज बेलबसे र रीता बेलबसेको विसेष भूमिकामा कार्यक्रम सम्पन्न भएको छ !



















प्रतिकृया दिनुहोस्