June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

कपिलवस्तुका अब्दुल हई मदनी मर्कजी जामियत अहले हदिस नेपालको अध्यक्षमा निर्वाचित

कात्तिक २८, कपिलवस्तु ।

जिल्ला कपिलवस्तुको मौलाना अब्दुल हई मदनी मुस्लिम समुदायका समाजिक तथा धार्मिक अगुवाहरुको साझा संस्थाको रुपमा जमियत अहले हदीस नेपालको नया कार्यसमितिको अध्यक्षमा निर्वाचित हुनु भएको छ।

Advertisement

कात्तिक २५ गते काठमाडौंमा मुस्लिम आयोगका अध्यक्ष शमीम अंसारीको प्रमुख आतिथ्यतामा संचालन भएको अधिवेशनबाट उपाध्यक्ष पदमा मोहम्मद ख़ालिद मदनी र मोहम्मद अली सल्फी निर्वाचित हुनु भएको छ । त्यसै अनुरूप महासचिवमा अजीजुर्रहमान तुर्बत मदनी र सह सचिवहरूमा जमाल अहमद शाह र वलीउल्लाह मदनीले पनि आफ्नो स्थान कायम गरेका छन भने कोषा अध्यक्षमा मौलाना तुफैल मदनी निर्वाचित भएका छन ।

 

विगतमा केही विवादित देखिएको जमियतको निर्वाचन कात्तिक २५ गते शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले मुस्लिम समुदायका अगुवाहरुले खुशी व्यक्त गरेका छन। जमियत विगत दुइ दशक देखि समाजिक तथा शैक्षिक क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।

 

मौलाना अब्दुल हई मदनीको अध्यक्षतामा चयन भएको नया कार्यसमितिलाई मौलाना जियाउर्रहमान खान संविधान सभा सदस्य मुख्तार अंसारी एस समाजवादी पार्टी का नेता ताज मोहम्मद मिया कान्फिडेंस नेपालका अध्यक्ष शमशाद आदिल लगायत समाजिक अगुवाहरुले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।

kinemaster app

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0