September 14, 2026, Monday
२०८३ भाद्र २९, सोमबार

रुपन्देहीको शुद्धोधनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको छ।

रुपन्देहीको शुद्धोधनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको छ। १६ वटा स्थानीय तहका बिचमा भएको १९ औं घुम्ती बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको हो।सो १९ औं घुम्ती बैठकमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले रुपन्देही जिल्लाका विभिन्न पालीकामा रहेका गाउँब्लक विभिन्न प्रकृतीका साबिक जग्गा विवरण सम्बन्धमा दिपावली लगाएतका चार्डमा वर्षमा स्थानिय फूल प्रयोग गर्ने सम्बन्धमा,आगलागी नियन्त्रणका लागि परालको व्यवस्थापन सम्बन्धमा आगामी घुम्ती बैठक स्थान तिलोत्तमा नगर पालिकामा बस्ने सम्बन्धमा बैठकले निर्णय गरेको बताउनुभयो । सोही अवसरमा शुद्धोधन गाउँपालिकाले विभिन्न पुस्तकहरुको लोकार्पण गरेको छ ।पालिकाले १६ वटै स्थानीय तहको घुम्ती बैठकमा नागरिक वडापत्र,शुद्धोधन शन्देश बुलेटिन र वार्षिक क्यालेन्डर लोकार्पण गरेको हो।सो घुम्ती बैठकमा १६ वटा स्थानीय तहका जनप्रतिनिधि,कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो। शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीको संचालनमा सम्पन्न भएको थियो।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0