September 14, 2026, Monday
२०८३ भाद्र २९, सोमबार

कृष्णानगर नपा मा कर्मचारी प्रति विभेद कायमै

कपिलवस्तु/कृष्णनगर

Advertisement

कृष्णानगर नगरपालिकामा कर्मचारीहरु प्रति विभेद कायमै छ ।

नगरप्रमुख रजत प्रताप शाहको पछिल्लो पाँच वर्षको कार्यकालमा पनि कर्मचारी र जनप्रतिनिधि प्रति विभेद र अहिलेको दोस्रो कार्यकालमा पनि वितेको कार्यकाल जस्तै विभेद कायम रहेकोले नगरपालिकाको काम काजमा ढिला सुस्ती र कर्मचारीहरु असन्तुष्ट देखा परिरहेका छन। नगरपालिकामा कर्मचारीहरुको तह अनुसार कामकाजमा नखटाइ आसेपासे लाई बढ़ी प्राथमिकता दिएको गुनासो कर्मचारीहरुले गरेका छन।

कृष्णानगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल विदामा रहेका छन। नगरपालिकाको कामकाज लाई निरन्तरता दिनको लागि नगरपालिकाको कार्यलय भित्र रहेका सातौं तहका कर्मचारीहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा नदिइ रामचन्द्र ढकालले आफ्नो करिबी पाचौं तहका राजेश कुमार मिश्रा लाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार दिएर कर्मचारीहरुको अपमान तथा भेदभाव गर्दै ढकालले मनमानी गरेको आरोप जनप्रतिनिधि तथा कर्मचारीहरुले लगाएका छन।

जनप्रतिनिधि अनुसार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा आफ्नो इच्छा अनुसार आफ्नै आसेपासे कर्मचारीहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिलाइ आफ्नो इच्छा अनुसार अनियमित कामकाज गराउने शंका समेत उठीरहेको छ। कार्यलय भित्र सातौं तहका कर्मचारी हुँदाहुदै पनि पाचौं तहका कर्मचारि लाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाएको छ।

कृष्णानगर नगरपालिकाको कार्यलयमा आफ्नो करिबी कर्मचारीहरुलाई कैयौं शाखा प्रमुख समेत बनाएका छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0