लुम्बिनीमा १५ औं अन्तर राष्ट्रीय गिद्ध सचेतना दिवस कार्यक्रम सम्पन्न
लुम्बिनीमा १५ औं अन्तर राष्ट्रीय गिद्ध सचेतना दिवस कार्यक्रम सम्पन्न
लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं 1 मा रहे को नगर सभाहलमा १५ औं गिद्ध सचेतना दिवसको अवसरमा आयोजित स्थानिय सरोकारवाला निकायहरूबीच गिद्ध संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८० भाद्र २१ गते दिन बिहीवार नगर सभाहल खुनगाईमा सम्पन्न भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका का नगरउपप्रमुख कल्पना हरिजन ज्युको प्रमुख अतिथित्वमा १५ औं गिद्ध सचेतना दिवस मनाईयो ।
१५ औं गिद्ध संरक्षण सम्बन्धि बारेमा नगरउपप्रमुख कल्पना हरिजनले गिद्ध संरक्षण गर्नु को साथै हाम्रो गाऊँ घर को केटाहरु जुन नश्लीय पदार्थ सेवन गर्दै आएका छन ।
तीनी हरुलाई पनि सुधार गर्नुपर्यो । त्यसको बारेमा सम्बोधन गर्दै ग्रीन युथ आफ लुम्बिनीका अध्यक्ष अर्जन कुर्मी ज्यु लाई अनुरोध पनि गर्नुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका का वार्ड नं.२ का वडा अध्यक्ष श्री इनामुल्लाह फकिर ज्युको अध्यक्षतामा १५ औं गिद्ध सचेतना दिवसको अवसरमा
इनामुल्लाह फकिरले गिद्ध लोप हुदै गइरहेको हुनाले गिद्धहरुलाई संरक्षण गर्नको लगी यदि हाम्रो क्षेत्रमा गिद्ध रेस्टुरेन्ट भए दिए को भए गिद्धहरुलाई हामीले संरक्षण गर्न सक्छौ भन्ने बारेमा बताए ।
र गिद्ध संरक्षण को लागि हामी गिद्ध रेस्टुरेन्ट खोलने प्रयासमा छौ । जस्तै कुनै गोरू अथावा भैस को मृत्यु भयो भने त्यसलाई गिद्ध रेस्टुरेन्टमा राखने त्यसले गर्दा हामी गिद्धहरूलाई संरक्षण गर्न सक्नि छ । भन्ने बारेमा बताए ।
साथै इको शिक्षक इको क्लब का सदस्य तथा सहयाेगी शिवराम चाैधरी,अमरजीत कुर्मी , रमाधीन यादव, शुनीता हरीजन, दिनेश गुप्ता कार्यक्रम संचालक अमन जैसवाल लगायत संरक्षणकर्मी ज्युहरुको उपस्तिथी मा १५औं अन्तर राष्ट्रीय गिद्ध सचेतना दिवस मनाइयेको छ।
.
प्रतिकृया दिनुहोस्