September 14, 2026, Monday
२०८३ भाद्र २९, सोमबार

लुम्बिनीमा इतिहास रचदै लुम्बिनीका चर्चित युवाहरु

लुम्बिनीमा इतिहास रचदै लुम्बिनीका चर्चित युवाहरु

Advertisement

 

लुम्बिनी / लुम्बिनी सांस्कृतिक नगरपालिका को वडा नं ६ पर्सा चोकमा लुम्बिनीका युवाहरुको सक्रियतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय युवाहरूको सहभागितामा आयोजित सो कार्यक्रममा रुपन्देही र कपिलवस्तुका विभिन्न पालिकाका रक्तदाताले रक्तदान गरेका छन् ।

शनिबार बिहान ९ बजे देखि सुरु भएको कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गर्नुभएको समाजसेवी चन्दन तिवारीले जानकारी दिए । रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कार्यक्रम निरन्तर १ बजे सम्म चलेको थियो ।

 

आयोजक युवाहरुले प्रत्येक रक्तदाता लाई खादा ओढाई सम्मान गरी रक्तदान पश्चा्त जुस तथा फलफूल को व्यवस्था पनि गरिएको थियो। हामीले अपेक्षा गरेको भन्दा धेरै राम्रो भयो कार्यक्रम आउने दिनमा यसलाई अझ व्यवस्थित रूपमा निरन्तरता दिने आयोजक को तर्फबाट राजन मिश्रा ले जानकारी गराए।

आज संकलन गरिएको रगतले अस्पतालको रगत आवश्यकतालाई केही हद सम्म तृप्त गर्नेछ र प्रत्येक तीन तीन महिना मा यस्ता खाल का कार्यक्रम आयोजना गर्ने हाम्रो योजना पनि रहेको दीपक चौधरीले जानकारी दिनुभयो।

ग्लोबल एजुकेशन, लुम्बिनी ताजा खबर, अनिल पटेल भिडियोग्रफी, सारस स्टुडियो, जीवन फैन्सी, मुक्तिनारायण सप्लायर्स लगायतका संस्थाको समन्वय र सहकार्यमा चलेको रक्तदान कार्यक्रम लुम्बिनीका स्थानीय युवा द्वारा आयोजना गरिएको पहिलो र एतिहासिक कार्यक्रम रहेको रमाकान्त शर्मा ले बताए।

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0