निरीद्वारा लुम्बिनी सांस्कृतिक नगरपालिकामा फोक्सो स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार फोक्सो रोग विश्वव्यापी मृत्युको तेस्रो प्रमुख कारण हो, जसले 2019 मा विश्वभर ३० लाख २३ हजारको मृत्यु भएको थियो। ७० वर्ष मुनिका फोक्सो रोगमा हुने मृत्युको झण्डे ९०% कम र मध्यम आय भएका देशहरू (LMIC) मा हुन्छ।
सन् २०१९ मा प्रकाशित देशव्यापी सर्वेक्षणको नजिता अनुसार नेपालमा COPD को मृत्युदर विश्वकै उच्च रहेको छ अर्थात् प्रति एक लाख जनसंख्यामा १८२.५ रहेको देखाएको छ।
अध्ययनले नेपालका विभिन्न प्रदेशमा ६.२% देखि १६.२% सम्मको COPD प्रकोपको दायरा देखाएको छ। अध्ययनले नेपालको कुल जनसंख्यामध्ये ३० लाखभन्दा बढी मानिस श्वासप्रश्वासको समस्पाबाट ग्रस्मृ भए पनि तीन प्रतिशतले मात्रै उचित उपचार पाउँछन्।
कार्यक्रमको प्रमुख अतिथि बेलायतका वारविक विश्वविद्यालयका का प्राध्यापक डा. परमजीत गिलले कार्यक्रमको आयोजक र सहभागीहरुको प्रशंसा गर्नु भयो। उहाँले फोक्सो स्वास्थ्यको महत्व र फोक्सोको स्वास्थ्य समस्याका कारणबारे प्रकाश पार्नु भयो। त्यस्तै न्यून आय भएका मुलुकमा नीति निर्माणका लागि स्वास्थ्य अनुसन्धानको महत्त्वमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा खुदाबगर आदर्श कलेजका प्रमुख रामबली
यादवले फोक्सो स्वास्थ्यबारे सन्देश समुदायमा पुर्यउने सन्देशवाहक
विद्यार्थी नै भएको बताउनुभयो। कार्यक्रमको अह्त्य गर्दै उहाँले उनले यस
किसिमको स्वास्थ्य सचेतना कार्यक्रम कलेजहरु मार्फत गर्ने पनि
प्रतिवद्धता जनाउनु भयो।
प्रतिकृया दिनुहोस्