December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

वडवलिया सिमा नाका सरसफाई तथा डस्टबिन बितरण सरसफाई कार्यक्रम सम्पन्न।

 

Advertisement

 

लुम्बिनी संस्कृतिक नगरपालिका वार्ड नं १३ अन्तर्गत कालीदह – वडवलिया सिमा नाका सरसफाई तथा डस्टबिन बितरण सरसफाई कार्यक्रम सम्पन्न ।

लुम्बिनी संस्कृतिक नगरपालिका १३ नं वडा कार्यालय को आयोजनामा समुदाय प्रहरी साझेदारी प्रहरी चौकी कालीदह रुपन्देही तथा सशस्त्र प्रहरी बल बि. ओ. पि. बयरघाट रुपन्देही को समन्वयमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रम का बिशिष्ट अतिथी नगर प्रमुख सजरुद्दीन मुसलमान , बिशिष्ट अतिथी प्रहरी चौकी कालीदहका सई कवि सेन्चुरी तथा सशस्त्र प्रहरी बल बि. ओ. पि. बयरघाट का इंस्पेक्टर स.प्र. नि. बिवेक नेपाल , १३ नं वडा कार्यालय का वडा अध्यक्ष मोहम्मद सईद खान , काशीराम वड़ा सदस्य, मनिरख लोध ,

 

माया विश्वकर्मा , माया हरिजन , लवकुश पुरी १३ नं . वडा सचिव , विजय गुप्ता लु . स.न . पा .१३ तथा लुम्बिनी संस्कृतिक नगरपालिका का नगर प्रहरी नगर कर्मचारी लगायत प्रहरी चौकी कालीदह का प्रहरीहरु , सशस्त्र प्रहरी बल बि. ओ. पि. बयरघाटका सशस्त्र प्रहरी बल लगायत स्थानिए    व्यपारी हरुको पनी उपस्थिति रहेको थियो ।

नगर प्रमुख सजरुद्दीन मुसलमान कार्यक्रममा बोल्दै हामी आफ्नो गाउँ ठाउँ नगर र पसल अगाडी रहेको फोहोर जाहिले नि सरसफाई गरि स्वच्छ राख्नु पर्छ ।

तथा नगर प्रमुख सजरुद्दीन मुसलमान को हात बाट ५५ वटा डस्टबिन मध्ये तीन जना लाई डस्टबिन बितरण गरियो बॉकी डस्टबिन बार्डर मा रहेको व्यापारी हरुलाई हस्तान्तरण गर्न को लागि प्रहरी चौकी कालीदहका सई कवि सेन्चुरी लाई जिम्मा लगाइएको छ।

उक्त कार्यक्रममा उपस्थिति सबै नगर प्रहरी , सशस्त्र प्रहरी बलका प्रहरीहरु ,समुदाय प्रहरी साझेदारी प्रहरी चौकी कालीदहका प्रहरीहरु , स्थानिए हरु द्वारा बार्डरमा रहेको नालीमा फोहोर तथा वरिपरि मा रहेको फोहोर व्यवस्थापन पूर्ण रुपले सम्पन्न भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0