February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार

विश्वकप लिग– २ मा नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित

काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ ।

Advertisement

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको हो । स्कटल्याण्डमाले २९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो । नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए ।

नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए । करणले अविजित रहँदा ४१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो पहिलो अर्धशतकसमेत हो ।

बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिएका थिए । जितसँगै नेपाल साताैं स्थानमा उक्लिएकाे छ भने पराजित भएकाे स्कटल्याण्ड चाैथाे स्थानमा यथावत् छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0