लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

- lumbini tajakhabar
- २०८२ भाद्र ८
- 199 views
बुटवल । लुम्बिनी प्रदेशका ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।यो पर्वमा पुरुषहरूले दाजुभाइ-दिदीबहिनीको सुस्वास्थ्य र दीर्घायुका लागि निराहार व्रत बस्ने गर्छन्।
थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।
यो पर्व पश्चिममा थारु समुदायले भव्यताका साथ मनाउँछन्।


















प्रतिकृया दिनुहोस्