चैत ७ देखि भैरहवामा प्रथम बटौली कप क्रिकेट !
भैरहवा, ६ चैत । चैत ७ देखि रुपन्देहीको भैरहवामा ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता हुन लागेको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही र भारतका गरी १६ टीम सहभागी हुनेछन् । प्रतियोगिताभर कुल १५ खेल हुने र भारतबाट दुई टीमले सहभागीता जनाउने रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष समेत रहनुभएका पृथ्वीनारायण शाह स्पोर्टसका संयोजक निरज प्रताप खाणले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च लाग्ने खाणले बताउनुभयो ।
प्रतियोगितामा एमएसएमटी सी.ए. नौतनवा, भारत, न्यू होराइजन क्रिकेट क्लब, लुम्बिनी शाक्यन क्रिकेट क्लब, रेस्पोन्स टीम लुम्बिनी, नेपथ्य तिलोत्तमा एकेडेमी, बुटवल–११ क्रिकेट क्लब, बुटवल गोलपार्क क्रिकेट क्लब, स्टार क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट क्लब, जे.आर. क्रिकेट एकेडेमी, पाल्पा–११, मास्टर्स–११, बुद्ध क्रिकेट ६ स्पोर्टिङ क्लब, तिरुपति क्रिकेट क्लब, बुटवल युथ र जेएन स्पोर्टस गोरखपुर भारत गरी १६ टीम सहभागी हुनेछन् ।



















प्रतिकृया दिनुहोस्