प्रतिनिधि सभा क्षेत्र नं.३ बाट प्रकाश रजौरियाको नाम सिफारिस
भाद्र २०, कृष्णनगर, कपिलवस्तु।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ । राप्रपाको सोमबार बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर ३ मा राप्रपाका केन्द्रित स्वास्थ्य विभाग सदस्य प्रकाश रजौरिया सहित ४ जनाको नाम सिफारिस गरेको छ ।
यस्तै बैठकले कपिलवस्तु क्षेत्र नम्बर ३ ‘क’ प्रदेश सभाका लागी कृष्ण प्रसाद पटेल,चित्र बहादुर केसि,केशरी प्रसाद जायसवाल र डां अखिलेश्वर पाण्डेय नाम सिफारिस गरेको छ भने ३ ‘ख’ का लागी प्रताप चौधरी र प्रेम शंकर शुक्लाको नाम सिफारिस गरेको राप्रपा कपिलवस्तुले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
प्रतिकृया दिनुहोस्