December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

सत्तापक्ष नै आचारसंहिता उल्लंघन, रुपन्देहीमा आठजनालाई स्पष्टीकरण सोधदै

दीपक जैसवाल, लुम्बिनी, रुपन्देही।

Advertisement

सत्ता पक्ष ६ दलिय गठबन्धनका रुपन्देही ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका भरत शाह, सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका फाकरुद्दीन खानलाई रंगीन पोस्टर टाँसेको, पाँचदलीय गठबन्धनको समर्थनमा उम्मेदवार बनेका रुपन्देही २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले कलर भिजिटिङ कार्ड वितरण गरेकोमा समितिले स्ष्टीकरण सोधेको हो ।

रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हाम्रो नेपाल पार्टीका भीष्मकुमार राना र रुपन्देही ३ जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार राउत , प्रदेशसभा (क) का सलाउद्दीन आलमलाई लिखित स्पष्टीकरण सोधिएको आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

रोहिणी गाउँपलिकाले कुस्ती प्रतियोगिता गराई पुरस्कार वितरण गरेको भन्दै पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधिएकोमा जवाफ आइसकेको छ । चार वटा लिखित उजुरी र सूचनाको आधारमा एक स्थानीय जनप्रतिनिधि, एक प्रशासकीय अधिकृत र ६ उम्मेदवार सबैलाई बेग्लाबेग्लै पत्र समितिले पठाएको छ। आचारसंहिता उल्लंघन भए कारबाही प्रक्रिया अघि बढाइने समितिले जानकारी दिएको छ ।

 

आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कांग्रेस नै अगाडि रहेको छ । अरु उम्मेदवार पनि त्यसैलाई आधार बनाएर गरिरहेका छन् । सबैलाई दायरामा ल्याउन समिति लागे पनि सोचेअनुरूप कारबाही गर्न नसकिएको समितिका एक सदस्यले जानकारी दिए । ‘हामीले कसैलाई काखा कसैले पाखा गर्न मिल्दैन फोनमार्फत धेरै उजुरी आएको छ, प्रशासनबाट पनि अझै केही समय पर्खौ भन्ने कुरा आएको छ,’ उनले भने ।

व्यानर लगाएर डिजे बजाउने, बालिका नचाउने, कार्यपालिका पदभधिकारी र सदस्यहरू प्रचारमा हिँड्ने, चुनाव चिन्हसहित चकलेट बाँड्ने, पोस्टर तथा ठूल्ठूला व्यानर लगाउने, आक्षेपपूर्ण अभिव्यक्ति दिने, भोजभतेर, अनुमतिविना सवारीसाधन चलाउने, झण्डा राख्ने जस्ता गतिविधि अधिकांश सत्ता पक्षकै गठबन्धनबाट भइरहेको उजुरी परेकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0