बुटवल उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा नि:शुल्क स्वास्थ्य परिक्षण
राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल उपमहानगर समितिको आयोजनामा मिति २०८०/०५/०९ गते शनिवार स्वास्थ परिक्षण कार्यक्रम संचालन गरि सम्पन्न भयो।
उक्त कार्यक्रममा १६४ जना आम नागरिकहरुले आफ्नो स्वस्थ्य परिक्षण गर्नुभएको थियो । यश कार्यक्रमको बिशेष संयोजन नगर समिती र बुटवल ८ समिति द्वारा भएको थियो ।
सो कार्यक्रममा लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, लुम्बिनी प्रदेश सदस्य एंव अभियान तथा प्रचार प्रसार बिभाग
प्रमुख महेन्द्र उपाध्याय, रुपन्देही क्षेत्र २ सचिब शर्मिला आचार्य, सदस्य बिक्रम तिवारी, बुटवल वडा ३ संयोजक सुजन न्यौपाने, बुटवल वडा ८ संयोजक ईश्वर भण्डारी र बुटवल १३ संयोजक विशाल थापा लगायत पार्टी सदस्य एंव आम नागरिकहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमको आयोजनाको लागि सौजन्य मेडिक्रस डाएग्णोस्टिक्स, नमोबुद्ध होटेल, भिजन सप्लायर्स, अल्फा सर्जिकल एण्ड साईन्टिफिक हाउस र गणपति मिस्ठान्न भण्डार( देविनगर शाखा) बाट भएको थियो ।
उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टि बुटवल उपमहानगर समिति संयोजक राजेश्वर पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो।
प्रतिकृया दिनुहोस्