October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

परिवर्तनका लागि बालबालिका, युवा र सामाजिक अभियन्ताहरुको क्षमता बिकास तालिम

लुम्बिनीताजाखबर, असोज २६, रूपन्देही ।

Advertisement

परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजनाका क्षमता बिकास तालिम सम्पन्न भयो ।

परिबर्तनका लागि बालबालिका, युवाहरुको २२ जना सामाजिक अभियन्ताहरुको क्षमता बिकास तालिम यूनाईटेड मिसन टु नेपाल र सनसाईन सामाजिक बिकास संस्थाद्धारा असोज २४ देखि २६ सम्म प्रशंसनिय खोजमा आधारित सामाजिक परिचालन तीन दिने तालिम रुपन्देहीको आर.सि.एस. रिसार्टमा सम्पन्न भएको छ ।

उक्त तालिममा प्रशंसनिय माध्ययमवाट समुदाय रुपान्तरणका बिभिन्न चरण तथा पद्धतिवारेमा छलफल गरिएको थियो । परियोजनाका ब्यवस्थापक नवराज जोशीले परियोजनाको प्रमुख लक्ष्य समुदाय रुपमान्तरण रहेको र उक्त लक्ष्य प्राप्त गर्न र दिगोबिकासका लागि प्रशंसनिय सोच अपरिहार्य रहेको र त्यसमा सहजकर्ताको अहम्भूमिका रहेको जानकारी गराउनु भएको थियो ।

यस तालिमका सहभागीहरुले आफनो क्षमता र समुदायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको र मायादेबी गाउपालिकामा रहेका लक्षित समुदायको जीजन रुपान्तरणमा अभियन्ताको रुपमा कामगर्ने प्रतिबद्धता समेत ब्यक्ति गर्नु भयो र तालिमका सहजकर्ता उमाकान्त आचार्य ले समुदाय सहजकर्ताहरुलाई सहजीकरण गरेको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0