अति विपन्न परिवारलाई ब्लाङकेट वितरण
माघ १३, कपिलवस्तु ।
कपिलबस्तुमा चिसो तथा शितलहर पीडित अति विपन्न परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिद्वारा चाइनिज ब्लाङ्केट बिहीबार शुद्धोधन गाउपालिका लबनी प्रहरी चौकीमा १९ परिवार ३१ थान वितरण गरिएको छ ।
चिसो तथा शितलहर शुरु भएदेखि नै हामीले जिल्ला विपद् व्यवस्थापन समिति द्वारा स्थानिय तहमा अति विपन्न परिवारको विवरण पठाउन स्थानिय तह र प्रहरी कार्यालयमर्फात पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । अति विपन्न परिवारमा २ जना सम्म सदस्य भएमा १ थान र सो भन्दा बढी भए २ थान वितरण गरिएको उहाले बताउनुभयो ।
जिल्लामा रहेको विभिन्न प्रहरी युनिट मार्फत विवरण संकलन गरि २ सय ४५ जना अति विपन्न परिवारलाई उक्त ब्लाङ्केट वितरण गरिएको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
प्रतिकृया दिनुहोस्