December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न

लुम्बिनीताजाखबर, श्रावण २२, कपिलवस्तु ।
अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम ) को संयुक्त साझेदारीमा संचालित बालविबाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्तरगत कपिलवस्तु जिल्लाको शुद्धोधन गापाका ४ समूह, कपिलवस्तु नगरपालिकाको ३ समूह र विजयनगर गाउपालिकाको ४ समूह गरी कुल ११ समूह समूहका २२० जना अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे तालिम प्रदान गरिएको छ ।

Advertisement

रुपान्तरण शिक्षाले किशोर किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन कसरी आउछ र त्यसको लागि अभिभावकहरुको के कस्ता भूमिकाहरु हुनु पर्दछ भन्ने विषयमा रुपान्तरण कक्षाले विभिन्न विषयवस्तु माथि छलफल मार्फत सिकाई आदान प्रदान भएको छ ।

परियोजनाको उद्देश्य: बाल विबाह तथा लैंगिक हिंसाको अन्त्य, किशोर किशोरीहरुलाई सामाजिक हानिकारक मूल्यमान्यता वारे सचेत गराउनु, बाल विबाह रोकथाम गर्ने, किशोरी सशक्तिकरण, सामाजिक तथा लैंगिक मान्यतामा रुपान्तरण र बालविबाह रोकथाममा स्थानीय सरकारको प्रयास जस्ता उद्देश्यलाई सफल बनाउनका लागि कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, शुद्धोधन गाँउपालिका र विजयनगर गाँउपालिकाका २५ समूहका अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे तालिम संचालन गरिने छ । जुन आज ११ ठाँउमा सम्पन्न भएको र वाकी १४ ठाँउको निरन्तर रहने छ ।

अभिभावकहरुलाई रुपान्तरण तालिममा विभिन्न विषयवस्तुहरु बाल अधिकार, किशोरावस्था, लैंगिकता र सामाजिक समावेशीकरण, यौन तथा प्रजनन स्वास्थ्य, बाल बिबाह, दुरब्यवहार र हिंसा लागु पदार्थ, जीविकोपार्जन र आर्थिक शिक्षा लगायतका विषयवस्तुमा सहजकर्ताहरुले सहजीकरण गर्नु भएको थियो ।

सामाजिक रुपान्तरणमा अहम भूमिका निर्वाह गर्न अभिभावकहरुलाई तयार पार्नका लािग खेल, कथा, कहानी, गीत, चित्र, भीडियो र भूमिका अभिनय लगायतको विधिवाट तालिम भएको थियो । जसको जानकारी परियोजनाका जिल्ला सुपरभाईजर रिखिराम निगमले दिनु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0