September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

कंचन गाउँपालिका तथा गैडहवा गाउँपालिका स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न।

नेपाल बिद्यार्थी संघ हरैया बहुमुखि क्याम्पस द्वारा आयोजित कंचन गाउँपालिका तथा गैडहवा गाउँपालिका स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

Advertisement

जसमा१७ वाट सहभागि विद्यालयहरु मध्ये श्री बुद्धदिप इंग्लिश बोर्डिङ स्कुल का विद्यार्थीहरुले प्रथम स्थान प्राप्त गरेको छ । भने दिब्यज्योती इंग्लिश बोर्डिङ स्कुल का विद्यार्थीहरु द्वितीय स्थान – प्राप्त गरेका छन् ।

तथा हसनापुर माध्यमिक बिद्यालय का विद्यार्थीहरुले तृतीय स्थान प्राप्त गरि सम्मान पत्र हस्तान्त्रण गरि पुरुस्कृत भएका कोषाध्यक्ष अर्जुन गुप्ताले जानकारी दिए ।

कार्यक्रम संचालक महेश सिंह यादवले ती सबै विद्यालय का विद्यार्थीहरु लाई पुरुस्कार वितरण गर्दै विद्यार्थीहरु को होसला बढाउँदै

” जित्ने होइन सिख्ने हों ” भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई आग्रीम शुभकाना व्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नु भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0