संकटाले ब्वाइज युनाइटेडलाई ३-१ ले हरायो
काठमाडौं ।संकटा क्लब एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्धको खेलमा ३–१ ले विजयी भएको छ ।बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा संकटालाई जित दिलाउन प्रज्वलकुमार लुम्रे र समित बलाम्पकीले समान एक गोल गरे ।
संकटाले एक आत्मघाती गोल भने उपहार पाएको थियो । जवाफमा प्लानिङका ओम खड्काले टोलीको निम्ति एक गोल फर्काए ।खेलको ११औँ मिनेटमा प्लानिङका जियान कुवँरबाट आत्मघाती गोल भएपछि संकटाले १–० को अग्रता कायम गर्यो ।
खेलको २१औँ मिनेटमा प्लानिङका ओमले गोल गरेपछि टोली खेलमा फर्कियो ।३५औँ मिनेटमा संकटाका प्रज्वलले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । ६२औँ मिनेटमा टोलीका सुमतीले गोल गर्दै संकटालाई ३–१ को अवस्थामा पुर्याए ।
यो जितसँगै संकटाले लिगमा ३७ अंक जोडेको छ । संकटाले १८ खेल खेल्दा ११ जित, चार बराबरी र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।



















प्रतिकृया दिनुहोस्