नगरपालीकाको फोहोरमैला वाट बार्षिक आम्दानी २४ लाख
लुम्बिनी संस्कृतिक नगरपालिकाका प्रमुख सजरूद्दीन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीको नेतृत्वमा वालिङको सरसफाई केन्द्र अवलोकन गर्न
२६ जनाको टोलीले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको वालिङ नगरपालिकाको सरसफाई केन्द्रमा अवलोकन गरेका छन् ।
वालिङको सरसफाई केन्द्र जस्तै लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं. १३ मा पनि रहेको कोठी नदी को छेउमा नगर प्रमुख सजरूद्दीन मुसलमानले बनाउने प्रयासमा छन ।
वालिङ नगरपालिका द्धारा सन्चालित वालिङ नगरपालिकाको सरसफाई केन्द्र एवम् पार्क र अर्गानिक गड्यौला खेती र मल उत्पादन केन्द्रको बारेमा नगर प्रमुख सजरूद्दीन मुसलमान को नेतृत्वमा गएको टोलीले अध्ययन अवलोकन गरी धेरै अनुभव प्राप्त गरिएको बताए।
फोहर कसरी वयवस्थापन गर्ने र सरसफाई कसरी सहजिकाण गर्ने वालिङ नगरपालिकाको सरसफाई केन्द्र एवम् पार्कको बारेमा जानकारी र अध्ययन अवलोकनको सहजिकरण वालिङ नगरपालिकाका सरसफाई व्यवस्थापन केन्द्र का
संयोजक भुपराज काफ्लेले जानकारी गराए साथै वालिङ नगरपालिका नगर प्रमुख र उप प्रमुखले लुम्बिनीबाट अवलोकन गर्न गएका टोलीलाई स्वागत गर्दै वालिङ नगरपालिकाले फोहोरबाट बार्षिक २४ लाख आम्दानी गरेको वालिङ नगरपालिकाका उपप्रमुख ले बताउनु भयो
साथै लुम्बिनीको सरसफाई कार्यक्रममा आवश्यक परेमा सहभागी हुने वालिङ नगरपालिकाका नगर प्रमुख र उपप्रमुख ले प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस्