January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार

सियारी १ बाउन्नकोटी कपको फाईनलमा

बैशाख १८,रुपन्देही
सियारी १ यहाँ जारी बाउन्नकोटी कप फूटबल प्रतियोगिता २०८१ को फाईनलमा पुग्ने पहिलो टिम बनेकोछ। तिलोत्तमा १४, सुपौलीमा रहेको बाउन्नकोटी सामुदायिक बनको खेल मैदानमा आज सम्पन्न अत्यन्तै प्रतिष्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा सियारी १ ले उपाधीको दाबेदार मध्ये एक मानिएको तिलोत्तमा १३ लाई सडेन डेथमा हराउँदै फाईनलमा स्थान बनाउन सफल भएको हो। यस अघि दुबै टिमले निर्धारित समयको खेल गोल रहित बराबरी खेलेका थिए।
बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समुहको बार्षिक युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत प्पहिलो पटक आयोजना गरिएको प्रथम बाउन्नकोटी कप फूटबल प्रतियोगिता २०८१ को बिजेताले नगद रु ५०००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु ३०००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता अन्तर्गत भोलि दोस्रो सेमिफाइनल खेलमा तिलोत्तमा १५ ले उपाधीको अर्को दाबेदार टिम तिलोत्तमा १४ को सामना ग्गर्नेछ।
बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समितीको आयोजना तथा समपुर्ण युवा क्लब, तिलोत्तमा १४ सुपौलीको संयोजनमा जारी प्रतियोगिताको समापन तथा फाईनल खेल बैशाख २१ गते शुक्रबार सम्पन्न हुनेछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement