भियु प्वाइन्ट रेस्टुरेन्टमा खुलेआम यौन क्रियाकलाप प्रहरी प्रशासन मौन
यौन प्यास मेटाउन भारतबाट नेपाल प्रवेश गर्ने भारतीयहरुको बिगबिगी शुद्धोधन गाउँपालिकाको वडा न ३ लबनीमा तौलिहवा र भैरहवा सडक खण्डमा भियु प्वाइन्ट रेस्टुरेन्टले विना दर्ता रेस्टुरेन्ट सँचालन गरि बाहिरबाट (भैरहवा र बुटवल) यौनकर्मी बोलाइ यौन क्रियाकलाप सँचालन गरेको पाइन्छ। जसमा ग्रहकको रुपमा भारतीय व्यक्तिहरु आउने गरेका छन।त्यस भियु प्वाइन्ट रेस्टुरेन्टमा खाना र खाजा समेत पाइदैन पाउने भनेको रक्सी, बियार ,चुरोट र प्रत्येक कोठामा यौनकर्मी को लागि बेड मात्र रहेको र उक्त रेस्टुरेन्ट प्राय दिउसो १बजेदेखि खोली राति ११ वजे सम्म सँचालन भइरहेको हुन्छ ।उक्त रेस्टुरेन्ट बन्द गर्न त्यहाँका स्थानीयहरुले पटक पटक प्रतिकार गर्दा समेत सँचालन गरेको छ जसमा स्थानीय प्रशासन तथा प्रहरीले समेत आनकान गरेको र चौराहामा प्रहरी चौकी समेत रहेको हुँदा कुनै किसिमको अनुगमन गरेको देखिदैन।
प्रतिकृया दिनुहोस्