रुपन्देही जिल्ला लिग २०८०/८१ क्वालिफाएर शुरु हुंदै
बैशाख २०, भैरहवा
रुपन्देही जिल्ला फूटबल संघमा आबद्द दोस्रो श्रेणी(B Division) का आठ वटा क्लबहरुको बिच रुपन्देही जिल्ला लिग २०८०/८१ को क्वालिफाएर प्रतिस्पर्धा पर्सि बैशाख २२ गते शनिबार देखि शुरु हुंदैछ। प्रतियोगिताका सम्पुर्ण खेलहरु एन्फा टेक्निकल सेन्टर, देबिनगरमा संचालन गरिनेछ। आजै प्रकाशित खेल तालिका अनुसार बिहान ७ बजे र सांझ ४ बजे गरि दिनमा दुई खेलहरु संचालन हुनेछन।
अखिल नेपाल फूटबल संघ एन्फाको बार्षिक कार्यक्रम अनुसार एन्फा संग आबद्द जिल्लाहरुमा जिल्ला फूटबल संघले आयोजना गर्ने कार्यक्रम अन्तर्गत रुपन्देही जिल्ला फूटबल संघले पनि यो प्रतियोगिता संचालन गर्न लागेकोहो।
प्रतियोगिता अन्तर्गत जिल्ला फूटबल संघ रुपन्देहीमा आबद्द बि श्रेणीका आठ वटा क्लबहरुलाई दुई समुहमा बिभाजन गरि लिगको अधारमा खेल संचालन गर्न लागिएको हो। जस अनुसार समूह ए मा भू पू सैनिक स्पोर्ट्स क्लब, सयपत्री क्लब, सिमृक क्लब र श्री बिश्वशान्ती क्लब रहेका छन भने समूह बि मा ईन्टर स्पोर्ट्स क्लब, सिद्दार्थ फूटबल क्लब, हिमाल युथ क्लब र कालिका स्पोर्टिङ क्लब रहेका छन।
प्रत्येक समूह देखि शिर्ष स्थानमा रहने दुई टोली पहिलो श्रेणी (A Division) मा बढुवा (Promotted) हुनेछन भने दुबै समूह देखि पुछारमा रहने दुई टोली घटुवा (Religation) मा पर्नेछन।
हाल पहिलो श्रेणी (A Division) मा रहेका ८ वटा क्लबहरु र दोस्रो श्रेणी (B Division ) देखी बढुवा (Promotted) भई आउने दुई क्लब गरि १० वटा क्लबहरुको बिचमा जिल्लाको शिर्ष स्थानको लागी छिट्टै जिल्ला लिग संचालन हुनेछ जुन प्रतियोगिता Single Round Robin (सबैले एक अर्का संग खेल्ने) को आधरमा संचालन हुनेछ।
हाल रुपन्देही जिल्ला फूटबल संघ संग आबद्द पहिलो श्रेणी का क्लबहरु बुटवल युनाईटेड, डि एम सी, गोर्खा ब्वाइज स्पोर्ट्स क्लब, झरना स्पोर्ट्स क्लब, लिस्नु युवा क्लब, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब र सौभाग्य युवा क्लब रहेकाछन।
पहिलो श्रेणी (A Division) को जिल्ला लिगको पुछारमा रहने दुई टोली दोस्रो श्रेणी (B Division) मा घटुवा (Religated) हुनेछन भने अर्को बर्ष हुने तेस्रो श्रेणी (C Division Qualifiers) खुल्ला छनौट नकआउट फूटबल प्रतियोगिता मार्फत शिर्ष दुई टोलीले दोस्रो श्रेणी (B Division) मा प्रबेश पाउनेछन।



















प्रतिकृया दिनुहोस्