उपमेयर कल्पना हरिजनको होटेलमा छडके अनुगमन ।
जिल्ला रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ मा पर्ने महाजिदिया देखि पर्साको बिचमा पर्ने होटेल पवन प्यालेटको दक्षिण तिर पर्ने द हेभन ड्रिम होटेलमा लुम्बिनी सँस्कृतिक नगरपालिकाको अनुगमन समितिको सँयोजक उपमेयर कल्पना हरिजन, नगर प्रहरी निरीक्षक नितेश तिवारी लगायत पालिकाको अन्य कर्मचारीसहित अनुगमन टोलीले उक्त होटेल बिना दर्ता सँचालन रहेको र उक्त होटेलमा यौन क्रियाकलाप लगायत अन्य गैर कानुनी काम भईरहेको शंकाका साथ अनुगमन गर्दा उक्त होटेलमा अश्लील अवस्थामा युवतीहरु सहित २ जना युवतीहरु २० बर्ष भन्दा मुनि २ जना युवतीहरु समेत फेला परेको भनि उपमेयर कल्पना हरिजन ज्युले जानकारी दिनु भएको छ भने लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष कमल अख्तर खान लगायत अन्य स्थानियको रोहबरमा होटलमा ताल्चो लगाइएको छ भने युतीहरूलाई लुम्बिनी इलाका प्रहरी कार्यालय पर्सालाई बुझाइएको छ।साथै युवतीहरु र सँचालक सहित जिल्ला प्रहरी कार्यालय रुपन्देही थप अनुशान्धानको लागि पठाईने भनि ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएकोछ।



















लेखकको सम्वन्धमा