पशुको हाकीमी रवाफमा मायादेवी मस्त, मन्त्रालयबाट खटाएका प्रशासकीय अलपत्र

२०८० आश्विन २६

Advertisement

 

 

लुदस, कपिलवस्तु

 

कपिलवस्तुको मायादेवी गाउ“पालिकाले छौठौं तहका पशु प्राविधिकलाई प्रमुख प्रशासकीय अधिकृत को रुपमा राखेर रजाई गर्न थालेपछी मन्त्रालयबाट खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनबाट रोक लगाउदै आएका छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अगाडी खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी हुन नदिएपछी उनी फिर्ता गएका थिए ।

 

हाल तेस्रो पट्क पनी हाजिरीमा रोक लगाएका छन् । यस अगाडीका धनेश्वर पौडेल,राकेश चौधरी लाई हाजिर नै गर्न दिएनन् । गाउ“पालिका अध्यक्ष वलिउद्दिन मुसलमानले कार्यपालिका सदस्यहरुले नरुचाएपछि चौधरीलाई फिर्ता पठाएको बताए ।

 

उहा“ले कार्यपालिका सदस्यहरुलाई हाजिर नगराए मुद्दा हाल्छु भन्नुभएछ, उनले भने,कार्यपालिका बैठकले नै उहा“लाई फिर्ता पठाउने निणर्य गर्‍यो । हालै उनी फिर्ता गएपछी पुन सविनसिंह चौधरीलाई मन्त्रालयबाट खटाईसकेपछी पनी हाजिरीमा रोक लगाएको पाईएको हो ।

 

सो गाउ“पालिका करिब डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । पशु सेवाका परमेश्वर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रुपमा काम गरिरहेका छन् । उनी नै काम गर्न सजिलो व्यक्ति भएको भन्दै गाउ“पालिकाले संघीय सरकारले पठाएको प्रशासन सेवाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने निणर्य गरेको हो ।

 

यता यादवले निति नियम भन्दापनी बाहिर गएर जनप्रतिनिधि पोस्ने,शक्ति केन्द्र निकट नेताको चाकडी गर्ने र बजेटमा लुट मच्याउन मिलेमत्तोमा सजिलो हुने भएकाले अन्य प्रमुख प्रशासकीयलाई हाजिरी नगराएको स्थानिय श्याम यादवको भनाई छ । पशु प्राविधिक क्षेत्रबाट बनेका हाकिम यादवको कार्यशैली प्रति सेवाग्राही मात्र होईन कर्मचारी समेत आजित बनेका छन् ।

 

कपिलवस्तु जिल्लामै सवैभन्दा बढी अक्तियार दुरुपयोग अनुशन्धान आयोगमा सोही पालिकाकै मुद्धा रहेका छन् भने असारमा ल्याउनुपर्ने बजेट निति तथा कार्यक्रम समेत रोकिएको छ । अहिले पालिका अध्यक्ष भारततिर रहेकोले आएपछी हाजिरि गराउने या नगराउने निणर्य हुने बताईएको छ । तर श्रोतका अनुसार मायादेवीकै एक टोली सके पुरानै यादवबाट काम चलाउने नभए आफु अनुकुलको प्रशासकीय खोजीमा मन्त्रालय पुगेको बताएको छ ।

अव पनि यो विषयमा सचेत नरहे दशैको मुखैमा पालिकाबाट सेवा प्रवाह अवरुद्ध मात्र होईन सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीको तलवदेखि आपतकालिन कार्य समेत रोकिने निश्चित छ ।

अव पनी बेलैमा नसोच्ने हो भने मायादेवी चर्को विवादमा पर्ने निश्चित छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0