December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

लुम्बिनीमा माघ १३ गतेदेखी क्रिकेट प्रतियोगिता हुने – अध्यक्ष अहमद हुसेन

लुम्बिनी नव युवा क्लबको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियामा प्रतियोगिता हुन लागेको हो । आयोजकले माघ ११ गते लुम्बिनीमा पत्रकार सम्मेलन आयोजना गरी २० दिनसम्म प्रतियोगिता संचालन हुने जानकारी गराएका हुन् ।

Advertisement

 

लुम्बिनीमा भारत र नेपालका क्रिकेट टिम सहभागी हुने । ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १३ गते दिन शनिवार देखि प्रतियोगितामा भारतका १६ टिम र नेपालका १६ टिम गरि ३२ वटा टिमको सहभागीता रहने आयोजकले बताएका छन् ।

स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति रुचि जगाउने उद्देश्यले “पडरिया लुम्बिनी प्रिमियर लिग” को नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुने प्रतियोगिताको छैठौं संस्करण हो ।

 

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताए । यस्तै नेपालबाट सिरहा, नेपालगञ्ज लगायतका स्थानबाट टिमहरुले प्रतियोगितामा भाग लिने उनले बताएका छन्। ।

 

यस पाली प्रतियोगिताको पुरस्कार राशी पनि बढाईएको अहमदले बताए । पहिलो पुरस्कार २ लाख रुपैया तथा दोश्रो पुरस्कार १ लाख रुपैया, यस्तै बेस्ट बलर, बेष्ट ब्याटर, म्यान अफ द म्याच, अनुशासित टोली लगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको अहमदले जानकारी दिए।

 

यस पाली प्रतियोगितामा करिब २० लाख खर्च लाग्ने उनले बताएका छन् ।प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् संगै लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानिय दाताहरुबाट सहयोग संकलन गरिएको छ ।

 

 

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0