September 14, 2026, Monday
२०८३ भाद्र २९, सोमबार

लुम्बिनीमा समाजिक विकृति विसंगति उन्मूलन सम्बन्धी शैक्षिकमूलक कार्यक्रम सम्पन्न।

आज मिति २०८० पौष महिनाको ४ गते का दिन बुधबार प्रदेश युवा परिषद लुम्बिनीको आयोजना thinking rich नेपालको सह आयोजनामा लुम्बिनीमा समाजिक विकृति विसंगति उन्मूलन सम्बन्धी शैक्षिकमूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका अध्यक्ष आदरणीय गोविन्द केसी ज्यु प्रमुख अतिथि समाजिक विकास मन्त्री माननीय चन्द्रकेश गुप्ताज्यू विशिष्ट अतिथि सिङ्गर पुनम पाण्डे ज्यु, अब्दुल मोइद खानज्यू, वजहुद्दिन मुसलमान ज्यु, एस एन त्रिपाठीज्यू लगायत विभिन्न अतिथिहरु र करिब ५०० जना युवाहरूको सहभागिता थियो। कार्यक्रमका प्रमुख तीन जना प्रशिक्षकज्यू १) ग्रेट्फुल दिनेश, २) इमरान खान ३) पृथ्वीराज चौधरी र कार्यक्रम सञ्चालक विशाल सिंह यादव गर्नु भएको थियो । उक्त कार्यक्रमका उद्देश्य हाम्रो समाजमा रहेका समाजिक विकृति विसंगति दाइजो प्रथा बालविवाह न्यूनीकरण गर्नको लागि र समाजमा एउटा सबैभन्दा ठूलो सकारात्मक प्रभाव पार्नको लागि। लुम्बिनीको इतिहासमा सामाजिक विकृति विसंगति सम्बन्धी सबैभन्दा ठूलो कार्यक्रम सम्पन्न भएको छ। धन्यवाद।

What’s your Reaction?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement