December 9, 2025, Tuesday
२०८२ मंसिर २३, मंगलवार

नेपालविरुद्ध मेलबर्न स्टार्सले पहिले ब्याटिङ गर्दै

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ ।

Advertisement

यस खेलमा मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालल पहिला बलिङ गर्ने भएको छ ।

नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ ।

लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0