शुद्धोधन गाउँपालिका वडा नं.२, मा लिडोद्धारा बाख्रा वितरण कार्यक्रम सम्पन्न:
लुम्बिनीताजाखबर, भाद्र ११, कपिलवस्तु।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.२ मा लुम्बिनी बिकास (लिडो) संस्थाद्वारा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुद्धोधन गाउँपालिकामा इस्लामिक राहत नेपालले जिविकोपार्जनको लागि सहयोग गर्दै आएको छ । यसले शुद्धोधन गाउँपालिका वडा नं.२, मा.वि.ठूलो नन्दनगरमा ४ जना गैर मुस्लिम र ३९ जना मुस्लिम समुदाय गरी ४३ जनालाई बाख्रा वितरण गरेको छ ।
लिडो संस्थाले शुद्धोधन गाउँपालिका वडा नं.१ देखि ६ वडा अन्तर्गत करिब ६०० घरधुरीलाई जिविकोपार्जनको लागि बाख्रा वितरण गर्न बताएका छन् ।
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले भने जिविकोपार्जन गर्न जनसमुदायमा गर्नुभएको सहयोगको लागि लिडो संस्थालाई धन्यवाद छ । यस्ता गरिब, असहाय तथा विपन्न परिवारलाई जिविकोपार्जन गर्न प्रतिवद्ध छु ।
उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, विशिष्ट अतिथि वडा नं.२ का वडा अध्यक्ष मनोज कुमार यादव, जनकल्याण युवा क्लबका अध्यक्ष पृथ्वी राज चौधरी, कार्यक्रम संयोजक शरद चौधरी, सदस्य ओम प्रकाश गुप्ता, सामाजिक परिचालक अब्दुल ओफा अन्सारी र संस्थाका कार्यकारी निर्देशक सुनिता बेल्बासेको उपस्थिति रहेको सचिव मोहरत प्रसाद कुर्मीले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्