December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

सैनामैना नगरपालिकामा पहिलो पटक एमबीएस पढाई सुरु हुने

दीपक जैसवाल, साउन ५, कलैनी, रुपन्देही ।

Advertisement

जिल्ला रुपन्देहीको सैनामैना नगरपालिकामा पहिलो पटक एमबीएस पढाई सुरु हुने भएको छ नगरको वडा नं. ६ कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा एमबीएसको पढाई हुने भएको हो ।

आर्थिक बर्ष २०७८÷०७९ देखि स्नातकोत्तर तह एमबीएसको पठन पाठन सुूरु हुने क्याम्पस प्रशासनले जनाएको छ । नगरको अग्रणी क्याम्पसमा एमबीएसको पढाईका लागि अनुमति प्राप्त भएको क्याम्पस प्रमुख यदुलाल पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएपछि क्याम्पसमा यसै शैक्षिक शत्रबाट पढाई सुरु हुने भएको हो ।

त्रि.वि कार्यकारी परिषदको असार २८ गतेको निर्णय नं. ९२३ (१ ) र (२) को निर्णय अनुसार व्यावस्थापन संकायका देशका विभिन्न २३ वटा सामुदायिक क्याम्पसलाई स्वीकृती प्रदान गरेको थियो । जसमा रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले अनुमती पाएको हो ।

असार २० गते देखि साउन १८ गते सम्म आवेदन बुझाउने मिति कायम गरिएको छ भने दोब्बर दस्तुरमा १९ देखि साउन २५ गते सम्म पनि फारम बुझाउन सकिने क्याम्पसले जनाएको छ । प्रबेश परिक्षा साउन ३० गते लिईनेछ । परिक्षाको नतिजा प्रकाशित भएर ६ गतेदेखि भर्ना आरम्भ हुनेछ भने भदौँ १६ गतेबाट कक्षा संचालन गरिनेछ ।

क्याम्समा स्नातक तह सँगै शिक्षाशास्त्र संकायमा यस अघि नै स्नातकोत्तर तहको पढाई हुने गरेको क्याम्पसले जनाएको छ । नगरमै एमबिएस पढाइ हुने भएपछि स्नातक तह उत्र्तीण गरेर बसेका बिद्यार्थीले खुसी व्यक्त गरेका छन् । अब एमबीएस पढ्नकै लागि नगर बाहिर जानुपर्ने बाध्यता पनि हटेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0