September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

तिलोत्तमा १४ फाईनलमा

बैशाख १९, रुपन्देही
तिलोत्तमा नगरपालिका वडा न १४ जारी प्रथम बाउन्नकोटी कप फूटबल प्रतियोगिता २०८१ को फाईनल पुग्ने


दोस्रो टिम बन्न सफल भएकोछ। आज सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा तिलोत्तमा १५ लाई २-० गोल अन्तरले पराजित गर्दै तिलोत्तमा १४ ले फाईनलमा सियारी १ संगको भेट पक्का गरेको हो। हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा तिलोत्तमा १३ लाई पराजित गर्दै सियारी १ ले फाईनलको यात्रा तय गरिसकेकोछ।
बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समुहको बार्षिक युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत पहिलो पटक आयोजना गरिएको प्रथम बाउन्नकोटी कप फूटबल प्रतियोगिता २०८१ को फाईनल खेल बैशाख २१ गते शुक्रवार बनको आफ्नै खेल मैदानमा सम्पन्न हुनेछ।
तिलोत्तमा नगरपालिका, ओमसतिया गाउंपालिका र सियारी गाउंपालिका का ६ ओटा वडा हरु सम्मिलित प्रतियोगिताको बिजेताले नगद रु ५०,०००/- र उपबिजेता टोलीले नगद रु ३०,०००/- सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

Advertisement

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0